सर्वोच्चलाई बालेनको प्रतिप्रश्न – संघले चाहीं आदेश पालना गर्नुपर्दैन ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशमाथि प्रतिप्रश्न गरेका छन् ।
शुक्रबार तीन दिनभित्र सिंहदरबार र राष्ट्रपति निवासको फोहर उठाउन महानगरलाई सर्वोच्चले दिएको अन्तरिम आदेशको विषयमा उनले आफ्नो प्रतिक्रिया दिएका हुन् ।
सर्वोच्चले दिएको आदेश स्थानीय तहमात्रै नभएर संघीय सरकारसहित सबै निकायले पालना गर्नुपर्ने उनले बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस जारी गर्दै उनले सर्वोच्चले यसअघि महानगरको पक्षमा दिएको आदेशहरू संघीय सरकारबाट पालना नभएको गुनासो गरेका छन् । ती आदेशको पालना नभए नागरिकको घरआँगन र सिंहदरबारको पटाङ्गिनीबीचको विभेदलाई वैधानिक रूपमै स्वीकारेको अर्थ लाग्नेसमेत उनले बताएका छन् ।
सिंहदरबार र राष्ट्रपति निवासको फोहर नउठेको विषयले अदालतमा प्रवेश पाउनुसँगै अन्तरिम आदेश दिइनुले नागरिकको स्वच्छ ठाउँमा बस्न पाउने अधिकारको गाम्भीर्यता थप पुष्टि भएको उनले बताएका छन् । यो विषयलाई सार्वजनिक सरोकारको विषयका रूपमा ग्रहण गरेकोमा उनले आभार पनि प्रकट गरेका छन् ।
मेयर शाहले केही हप्ताअघि सिंहदरबार र राष्ट्रपति निवासको फोहर नउठाउन ठाडो आदेश दिएका थिए । यसको विरूद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठल रिट निवेदन दायर गरेका थिए । यसमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।
यस्तो छ उनको प्रतिक्रिया
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया