बारामा उपेन्द्रले बढाए मतान्तर
काठमाडौं । बारा–२ प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले निकटतम प्रतिस्पर्धीसँग मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।
बिहान साढे आठ बजे सम्मको मतपरिणाम अनुसार यादवले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँग ३ हजार ३९० फराकिलो मतान्तरसहित अग्रता लिइरहेका छन् ।
यादवले १० हजार २०० मत पाउँदा उनका प्रतिस्पर्धी कुशवाहले ६ हजार ८१० मत पाएका छन् । तेस्रोमा रहेका एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ११ मत पाएका छन् । रास्वपाका उम्मेदवार रमेश खरेल एकहजार १७४ मतसहित चौंथो स्थानमा छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया