चितवन २ मा आफ्नै रेकर्ड तोड्दै झन् शक्तिशाली बने रवि
काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने झन् शक्तिशाली भएर उदाएका छन् । प्रतिनिधिसभा सदस्यका लागि उनले गत मंसिरमा र अहिले पाएको जनमतले यस्तो देखाएको हो ।
यसपटकको निर्वाचनमा रविले प्राप्त मत र मतान्तर दुवैमा आफ्नै रेकर्ड ब्रेक गरेका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठकोबीचमा उनको मतान्तर नै ४३०६१ रहेको छ । यसअिघको चुनावमा उनले नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ भन्दा ३४२८१ बढी मत पाएका थिए ।
यसपटकको मतान्तर रविले झण्डै यसअघिको चुनावमा पाएको मतको संख्या बराबर हो । उनले अघिल्लो चुनावमा ४९ हजार ३०० मत प्राप्त गरेका थिए । यसपटक उनको कुल मत ५४१७५ रहेको छ ।
नागरिकता विवादमा संसदबाट पदच्युत भएका रवि उपनिर्वाचनबाट पुनः सांसद निर्वाचित भएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया