आजदेखि इङवा हाइड्रोपावरको आइपीओ निष्काशन
काठमाडाैं । इङवा हाइड्रोपावरले आज (वैशाख १३) देखि सर्वसाधारणका लागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको हो ।
जसमध्ये कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।
बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा लगानीकर्ताले वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
आइपीओको बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया