सिटिजन्स बैंकका ग्राहकले क्याट क्याफेमा छुट पाउने
काठमाडौं । सिटिजन्स इन्टरनेसनल लिमिटेड बैंकका ग्राहकले क्याट क्याफेको सेवामा आकर्षक छुट पाउने भएका छन् । छुटसम्बन्धी सिटिजन्स बैंक र ललितपुरस्थित क्याट क्याफे प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले क्याट क्याफेमा ५ प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिईएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ ।
हालसम्म बैंकले १८२ वटा शाखा, १३९ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया