प्रहरीको घुमुवा परिचालनसम्बन्धी यसअघिको नियम खारेज, नयाँमा के छ ?
काठमाडौं । प्रहरी प्रधान कार्यालयले सादा पोसाकमा प्रहरी परिचालनसम्बन्धी नयाँ कार्यविधि लागू गरेको छ । गत महिनादेखि लागू गरिएको कार्यविधिमा असल चालचलन भएकालाई मात्र सादा पोसाकमा खटाउन सकिने उल्लेख छ । साथै चार वर्षभन्दा लामो समय एकै प्रहरीलाई सादा पोसाकमा खटाउन नपाइने प्रावधान लागू गरिएको प्रहरी सहप्रवक्ता दीपेन्द्र जिसीले बताए । चार वर्षभन्दा लामो समय खटाउनैपर्ने अवस्था आए माथिल्लो कार्यालयबाट सहमति लिनुपर्ने भएको छ ।
घुमुवाका नामले चिनिने सादा पोसाकका प्रहरीको गैरव्यावसायिक गतिविधिका कारण संगठन नै बदनाम हुँदै आएको छ । कार्यालय प्रमुखले सूचना संकलनका लागि भन्दै व्यक्तिगत स्वार्थमा सादा पोसाकमा प्रहरी खटाउँदा विवाद हुने गरेको छ । यसमा प्रहरी प्रधान कार्यालयले सुधारको प्रयास गरेको छ ।
सादा पोसाकमा खटिनेहरू वर्षौँदेखि एउटै कार्यालयमा रहँदै आएका छन् । ६९ जना त नियमविपरीत काजमा बसेको पाइएको छ । त्यसमध्ये २२ जनालाई प्रहरी प्रधान कार्यालयले हालै दरबन्दीमा पठाइसकेको छ भने अरूलाई पनि खटाउने तयारी गरिरहेको छ । नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया