प्रहरीको घुमुवा परिचालनसम्बन्धी यसअघिको नियम खारेज, नयाँमा के छ ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सादा पोसाकमा प्रहरी परिचालनसम्बन्धी नयाँ कार्यविधि लागू गरेको छ । गत महिनादेखि लागू गरिएको कार्यविधिमा असल चालचलन भएकालाई मात्र सादा पोसाकमा खटाउन सकिने उल्लेख छ । साथै चार वर्षभन्दा लामो समय एकै प्रहरीलाई सादा पोसाकमा खटाउन नपाइने प्रावधान लागू गरिएको प्रहरी सहप्रवक्ता दीपेन्द्र जिसीले बताए । चार वर्षभन्दा लामो समय खटाउनैपर्ने अवस्था आए माथिल्लो कार्यालयबाट सहमति लिनुपर्ने भएको छ ।
घुमुवाका नामले चिनिने सादा पोसाकका प्रहरीको गैरव्यावसायिक गतिविधिका कारण संगठन नै बदनाम हुँदै आएको छ । कार्यालय प्रमुखले सूचना संकलनका लागि भन्दै व्यक्तिगत स्वार्थमा सादा पोसाकमा प्रहरी खटाउँदा विवाद हुने गरेको छ । यसमा प्रहरी प्रधान कार्यालयले सुधारको प्रयास गरेको छ ।
सादा पोसाकमा खटिनेहरू वर्षौँदेखि एउटै कार्यालयमा रहँदै आएका छन् । ६९ जना त नियमविपरीत काजमा बसेको पाइएको छ । त्यसमध्ये २२ जनालाई प्रहरी प्रधान कार्यालयले हालै दरबन्दीमा पठाइसकेको छ भने अरूलाई पनि खटाउने तयारी गरिरहेको छ । नयाँ पत्रिकामा खबर छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया