प्रतिनिधिले राजीनामा दिने प्रावधान नराखेको भए ठूलो दुर्घटना हुन सक्थ्यो : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन लड्ने जनप्रतिनिधिले राजीनामा दिँदैमा स्थानीय तह रित्त नहुने निर्वाचन आयोगले जिकिर गरेको छ ।
जनप्रतिनिधिले चुनावअघि राजीनामा दिनुपर्ने प्रवधानलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको थियो । सोमबार नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले चुनाव लड्नुअघि उम्मेदवारले स्वघोषित राजीनामा दिनुपर्ने उल्लेख भएको जिकिर गरे ।
‘सबै उम्मेदवारलाई समान हैसियतमा प्रतिस्पर्धा गर्न आचारसंहितामा समेटिएको हो,’ शर्माले भने, ‘संविधानबमोजिम नै आचारसंहिता आएको छ ।’
शर्माले यो प्रावधान नल्याएको भए ठूलो दुर्घटना हुने शर्माले दाबी गरे । उनले यस्तो प्रावधान नसमेटिएको भए अन्य उम्मेदवारले उजुरी दिँदा उम्मेदवारी नै रद्द हुन्न सक्नेतर्फ ध्यानाकर्षण गराए ।
‘०७३ सालमा बनेको निर्वाचन ऐनमा नै जनप्रतिनिधिले स्वघोषित राजीनामा दिने प्रावधानको व्यवस्था छ । हामीले यस्तो मापदण्ड नराखेको भए भोलि उजुरी पर्दा मनोनयन रद्द हुने सम्भावना थियो’, उनले भने, ‘धेरैजसो रद्द हुन सक्थ्यो । ठूलो दुर्घटना हुने थियो । कानूनी व्यवस्था मध्यनजर गरेर नै हामीले यो प्रावधान राखेका हौं ।’
बिहीबार आयोगले जारी गरेको निर्वाचन आचारसंहिताप्रति आपत्ति जनाउँदै एमालेले आफूलाई कमजोर बनाउन आयोगले भूमिका खेलेको आरोप लगाएको थियो ।
त्यस्तै शर्माले स्थानीय तहको निर्वाचन नहुने आयोगले कल्पनै नगर्ने भन्दै निर्धारितम मितिमा काम सक्ने गरी आयोगले काम गरीरहेको दाबी गरे ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया