प्रतिनिधिले राजीनामा दिने प्रावधान नराखेको भए ठूलो दुर्घटना हुन सक्थ्यो : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन लड्ने जनप्रतिनिधिले राजीनामा दिँदैमा स्थानीय तह रित्त नहुने निर्वाचन आयोगले जिकिर गरेको छ ।
जनप्रतिनिधिले चुनावअघि राजीनामा दिनुपर्ने प्रवधानलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले आपत्ति जनाएको थियो । सोमबार नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले चुनाव लड्नुअघि उम्मेदवारले स्वघोषित राजीनामा दिनुपर्ने उल्लेख भएको जिकिर गरे ।
‘सबै उम्मेदवारलाई समान हैसियतमा प्रतिस्पर्धा गर्न आचारसंहितामा समेटिएको हो,’ शर्माले भने, ‘संविधानबमोजिम नै आचारसंहिता आएको छ ।’
शर्माले यो प्रावधान नल्याएको भए ठूलो दुर्घटना हुने शर्माले दाबी गरे । उनले यस्तो प्रावधान नसमेटिएको भए अन्य उम्मेदवारले उजुरी दिँदा उम्मेदवारी नै रद्द हुन्न सक्नेतर्फ ध्यानाकर्षण गराए ।
‘०७३ सालमा बनेको निर्वाचन ऐनमा नै जनप्रतिनिधिले स्वघोषित राजीनामा दिने प्रावधानको व्यवस्था छ । हामीले यस्तो मापदण्ड नराखेको भए भोलि उजुरी पर्दा मनोनयन रद्द हुने सम्भावना थियो’, उनले भने, ‘धेरैजसो रद्द हुन सक्थ्यो । ठूलो दुर्घटना हुने थियो । कानूनी व्यवस्था मध्यनजर गरेर नै हामीले यो प्रावधान राखेका हौं ।’
बिहीबार आयोगले जारी गरेको निर्वाचन आचारसंहिताप्रति आपत्ति जनाउँदै एमालेले आफूलाई कमजोर बनाउन आयोगले भूमिका खेलेको आरोप लगाएको थियो ।
त्यस्तै शर्माले स्थानीय तहको निर्वाचन नहुने आयोगले कल्पनै नगर्ने भन्दै निर्धारितम मितिमा काम सक्ने गरी आयोगले काम गरीरहेको दाबी गरे ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया