एसीसी प्रिमियर कप : कतारलाई ६८ रनले हराउँदै नेपाल बन्यो समूह विजेता
काठमाडौं । एसीसी प्रिमियर कपअन्तर्गत कीर्तिपुरमा भएको खेलमा कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ ।
नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो ।
जितसँगै नेपालले चार खेलबाट सात अङ्क जोड्यो । समूहमा ‘ए’ मा रहेको ओमान छ अङ्कका साथ उपविजेता बन्यो । नेपालले पहिलो खेलमा मलेसियालाई छ विकेटलले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो । साथै नेपालले साउदी अरेबियासँग वर्षाको कारण अङ्क बाँडेको थियो ।
आजको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतार २५ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटियो । कतारका लागि तीन खेलाडीले मात्र दोहारो अङ्कमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५/१५ रन जोडए भने अमिर फरिकले १४ रन बनाए । कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछानेले पाँच विकेट लिए भने सोमपाल कामीले तीन विकेट लिए । त्यस्तै ललितनारायण राजवंशीले दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४२ रनको योगदान दिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले २७ रन, आसिफ शेखले १९ रन, दीपेन्द्रसिंह ऐरीले १२ र सोमपाल कामी र आरिफ शेखले ११/११ रन बनाए । कतारका लागि अमिर फारिक र ओवाइस अहमदलले समान तीन/तीन विकेट लिए भने गयान मुनवाराले दुई विकेट लिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया