मुख्यमन्त्री पाण्डेद्वारा माल्यार्पण
कास्की। गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पोखराको चिप्लेढुङ्गास्थित विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण गरेका छन् ।
बिहीबार प्रदेशको मुख्यमन्त्री नियुक्त भई आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै उनले चिप्लेढुङ्गा पुगी नेपाली कांग्रेसका संस्थापक एवं नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री कोइरालाको सालिकमा माल्यार्पण गरेका हुन् । मुख्यमन्त्रीसँगै नवनियुक्तमन्त्री सरस्वती अर्याल तिवारीले पनि सालिकमा माल्यापर्ण गरेका थिए ।
माल्यार्पण समारोहमा कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मालगायतको उपस्थिति थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया