एमाले केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तय
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आज सम्पन्न पोलिटब्युरो बैठकले यही चैत ९ र १० गते काठमाडौंमा बस्ने केन्द्रीय कमिटीको तेस्रो बैठकका लागि विभिन्न कार्यसूची तय गरेको छ ।
केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरुलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदनलगायत कार्यसूची तय गरिएको छ ।
आजको बैठकमा उठेका विषयमा जवाफ दिँदै अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको वामपन्थी सरकारलाई ढालेर नेपाली कांग्रेससँग गठबन्धन गर्न जानेहरुसँग वाम एकता वा तालमेल नहुने स्पष्ट पार्दै एमालेमा प्रवेशका लागि भने अन्य दलका कार्यकर्तालाई ढोका खुल्ला रहेको बताए । बैठकमा वाम एकता र तालमेलबारे बहस भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया