गठबन्धन सरकार सफल नभए आन्दोलनका उपलब्धिहरू खतरामा पर्छन् : गृहमन्त्री श्रेष्ठ
सर्लाही । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन सरकार सफल नभए आन्दोलनका उपलब्धि गुम्ने र देश दुर्घटनामा पर्ने खतरा रहेको बताएका छन् ।
सर्लाहीका प्रथम सहिद इन्द्र कोइराला परिवारलाई आवास हस्तान्तरण कार्यक्रममा उनले वर्तमान सरकारलाई सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
गृहमन्त्री श्रेष्ठले अहिले पनि दलितलगायत निमुखा वर्गले विभेदपूर्ण व्यवहारको सामना गर्नु परिरहेको बताउँदै सामाजिक परिवर्तनका लागि थप योगदान आवश्यक रहेको उल्लेख गरे । जुनयुद्धबाट प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने चरणमा अहिलेको सरकार लागिपरेको बताउँदै गृहमन्त्री श्रेष्ठले सङ्क्रमणकालीन न्याय, सबै प्रकारका विभेद तथा अन्याय, अत्याचार र उत्पीडित वर्गको मुक्तिका लागि भएको आन्दोलनका उपलब्धिलाई भुल्न नहुने स्पष्ट पारे ।
उनले गठबन्धन सरकार राष्ट्रियता, भ्रष्टाचार र विभेदका समस्या समाधान गर्न निर्मम भएर लागिपरेको बताए ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया