गठबन्धन सरकार सफल नभए आन्दोलनका उपलब्धिहरू खतरामा पर्छन् : गृहमन्त्री श्रेष्ठ
सर्लाही । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन सरकार सफल नभए आन्दोलनका उपलब्धि गुम्ने र देश दुर्घटनामा पर्ने खतरा रहेको बताएका छन् ।
सर्लाहीका प्रथम सहिद इन्द्र कोइराला परिवारलाई आवास हस्तान्तरण कार्यक्रममा उनले वर्तमान सरकारलाई सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
गृहमन्त्री श्रेष्ठले अहिले पनि दलितलगायत निमुखा वर्गले विभेदपूर्ण व्यवहारको सामना गर्नु परिरहेको बताउँदै सामाजिक परिवर्तनका लागि थप योगदान आवश्यक रहेको उल्लेख गरे । जुनयुद्धबाट प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने चरणमा अहिलेको सरकार लागिपरेको बताउँदै गृहमन्त्री श्रेष्ठले सङ्क्रमणकालीन न्याय, सबै प्रकारका विभेद तथा अन्याय, अत्याचार र उत्पीडित वर्गको मुक्तिका लागि भएको आन्दोलनका उपलब्धिलाई भुल्न नहुने स्पष्ट पारे ।
उनले गठबन्धन सरकार राष्ट्रियता, भ्रष्टाचार र विभेदका समस्या समाधान गर्न निर्मम भएर लागिपरेको बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया