बेन्जिमाको ह्याट्रिकको मद्दतमा रियलको जित
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले अल्मेरियालाई परास्त गर्दै जित निकालेको छ । गएराति सम्पन्न खेलमा रियलले अल्मेरियालाई ४–२ गोल अन्तरमा पराजित गरेको हो ।
रियलको जितमा करिम बेन्जिमाले ह्याट्रिक गरे । खेलको पाँचौं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका उनले १७औं र ४२औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरे । रोड्रिगोजले ४७औं मिनेटमा गोल गर्दै ४–१ को अग्रता दिलाए ।
अल्मेरियाका लागि लाजारो र लुकासले एक–एक गोल गरे ।
योसँगै रियल ३२ खेलमा ६८ अंक जोडेर दोस्रो स्थानमा छ भने अल्मेरिया ३३ अंक जोडेर १५औं स्थानमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया