मिटरब्याजी पीडकका पक्षपोषकलाईसमेत कारवाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाईसमेत कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
सोमबार बिहान जनकपुरधाममा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पीडकका साथै उससको पक्षमा पक्षपोषण गर्नेलाई पनि कारवाही गर्ने बताएका हुन् ।
‘कुनै पार्टीको नेता, पहुँचवाला व्यक्ति वा कसैले पनि मिटरब्याजी पीडकहरुको पक्षमा भूमिका खेल्न खोज्यो भने उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याइने छ । पीडित पीडित नै हो । त्यो कुनै पार्टीको भनेर म चिन्दिनँ, सरकार चिन्दैन,’ उपप्रधानमन्त्री श्रेष्ठले भने।
उनले मिटरब्याजी पीडितलाई न्याय दिनका लागि भूमिका खेल्ने सबैलाई धन्यवाद दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया