भारी हिमपात र वर्षाका कारण चारधाम हिँडेका तीर्थयात्री श्रीनगरमा रोकिए

जम्मुकास्मिर । भारी हिमपात र भीषण वर्षाका कारण चारधाम यात्रामा निस्केका तीर्थयात्री श्रीनगरमा रोकिएका छन् । बद्रीनाथ र केदारनाथ धाममा भारी हिमपात भएको तथा समथर भूभागमा भीषण वर्षा भएकाले तीर्थयात्रीलाई श्रीनगरमा नै रोकिएको प्रहरीले जनाएको छ ।
आवासका लागि अनलाईन बुकिङ गरेका यात्रीलाई रुद्रप्रयागसम्म जाने अनुमति दिइएको तर बुकिङ नभएका यात्रीलाई श्रीनगरमा नै रोकिएको प्रहरीले बताएको छ । श्रीनगरमा यात्रीका निम्ति पर्याप्त आवासको व्यवस्था गरिएको गढवाल प्रहरी प्रमुख रवि सैनीले बताएका छन् । मौसममा सुधार हुनेवित्तिकै उनीहरूलाई गन्तव्यतर्फ प्रस्थानको अनुमति दिइने उनले स्पष्ट गरेका छन् ।
उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले शनिबार सबै तीर्थयात्रीलाई कोभिड–१९ लगायत स्वास्थ्यसम्बन्धी सबै परीक्षण समयमै पूरा गर्न आह्वान गरेका थिए । राज्य सरकारले निर्धारण गरेका नियम पालना गर्न उनले सम्बद्ध सबैलाई आग्रह गरे ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया