भारी हिमपात र वर्षाका कारण चारधाम हिँडेका तीर्थयात्री श्रीनगरमा रोकिए
जम्मुकास्मिर । भारी हिमपात र भीषण वर्षाका कारण चारधाम यात्रामा निस्केका तीर्थयात्री श्रीनगरमा रोकिएका छन् । बद्रीनाथ र केदारनाथ धाममा भारी हिमपात भएको तथा समथर भूभागमा भीषण वर्षा भएकाले तीर्थयात्रीलाई श्रीनगरमा नै रोकिएको प्रहरीले जनाएको छ ।
आवासका लागि अनलाईन बुकिङ गरेका यात्रीलाई रुद्रप्रयागसम्म जाने अनुमति दिइएको तर बुकिङ नभएका यात्रीलाई श्रीनगरमा नै रोकिएको प्रहरीले बताएको छ । श्रीनगरमा यात्रीका निम्ति पर्याप्त आवासको व्यवस्था गरिएको गढवाल प्रहरी प्रमुख रवि सैनीले बताएका छन् । मौसममा सुधार हुनेवित्तिकै उनीहरूलाई गन्तव्यतर्फ प्रस्थानको अनुमति दिइने उनले स्पष्ट गरेका छन् ।
उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले शनिबार सबै तीर्थयात्रीलाई कोभिड–१९ लगायत स्वास्थ्यसम्बन्धी सबै परीक्षण समयमै पूरा गर्न आह्वान गरेका थिए । राज्य सरकारले निर्धारण गरेका नियम पालना गर्न उनले सम्बद्ध सबैलाई आग्रह गरे ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया