संघीय संसद सचिवालयमा दुई सचिव सिफारिस
काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद सचिवालयका लागि दुईजना सचिव सिफारिस गरेका छन् ।
प्रतिनिधिसभा सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याल सिफारिस भएका हुन् ।
सभामुखले नायब महान्यायधिवक्तासमेत रहेका पाण्डेयलाई सिफारिस गरेका हुन् भने तिमिल्सिनाले संसद् सचिवालयका सहसचिव अर्याललाई।
राष्ट्रपतिले यो सिफारिस स्वीकृत गरेपछि उनीहरूको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । उपचारका लागि भारतमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल आज राति ८ः३० मा स्वदेश फर्किदैं छन् ।
गत वैशाख १५ मा निवर्तमान सचिवद्वय गोपालनाथ योगी र राजेन्द्र फुयाँलको कार्यकाल सकिएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया