NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

संघीय संसद सचिवालयमा दुई सचिव सिफारिस

काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद सचिवालयका लागि दुईजना सचिव सिफारिस गरेका छन् ।

प्रतिनिधिसभा सचिवमा पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभा सचिवमा सुरेन्द्र अर्याल सिफारिस भएका हुन् ।

सभामुखले नायब महान्यायधिवक्तासमेत रहेका पाण्डेयलाई सिफारिस गरेका हुन् भने तिमिल्सिनाले संसद् सचिवालयका सहसचिव अर्याललाई।

राष्ट्रपतिले यो सिफारिस स्वीकृत गरेपछि उनीहरूको नियुक्ति हुने संवैधानिक व्यवस्था छ । उपचारका लागि भारतमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल आज राति ८ः३० मा स्वदेश फर्किदैं छन् ।

गत वैशाख १५ मा निवर्तमान सचिवद्वय गोपालनाथ योगी र राजेन्द्र फुयाँलको कार्यकाल सकिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष