सिक्री लुट्न निराको हत्या गरिएको प्रहरीको निष्कर्ष
काठमाडौं । काठमाडौंको कपनमा किराना पसल चलाउँदै आएकी निरा पाण्डेको हत्याको उद्देश्य लुटपाट भएको प्रहरीले जनाएको छ ।
उनले घाँटीमा लाएको सिक्री लुट्नकै लागि हत्या गरिएको प्रहरीको प्रारम्भिक निष्कर्षमा देखिएको हो ।
बाग्लुङकी आचार्यलाई गत वैशाख ७ मा कपन सरस्वतीनगरस्थित उनकै पसलमा धारिलो हतियारको प्रयोग गरी हत्या गरिएको थियो । उनको हत्या भएको दश दिनपछि एकजना अभियुक्तलाई पक्राउ गर्दै प्रहरीले घटना हुनुको उद्देश्य लुटपाट भएको जानकारी दिएको हो ।
भक्तपुरस्थित लोकन्थलीमा बस्दै आएका झापाका विनोद विकलाई प्रहरीले पक्राउ गरेको हो । बाउन्सर रहेका उनी बिर्तामोडबाट पक्राउ परेका हुन् ।
विकले त्यो सिक्र बालाजुस्थित एक सुन पसलमा ५५ हजार रूपैयाँमा बेचिसकेको पनि प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया