ए डिभिजन फुटबल : जाउलाखेल र सङ्कटाको खेल बराबरीमा
काठमाडाैं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको जावलाखेल युथ क्लब र सङ्कटा क्लबबीचको खेल बराबरीमा सकिएको छ ।
सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा भएको खेलमा लिग लिडर जावलाखेल र सङ्कटा क्लबबीचको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो । खेलमा पहिलो अग्रता भने जाउलाखेलले लिएको थियो ।
खेलको ३३औँ मिनेटमा जाउलाखेलका विदेशी खेलाडी फोडे फोफानाले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । जाउलाखेलको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ७३औँ मिनेटमा सङ्कटाका खेलाडी निशान खड्काले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
यस बराबरी खेलसँगै जावलाखेलले १३ खेलमा २४ अङ्क जोडेको छ । जावलाखेल अङ्क तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान १३ खेल नै खेलको सङ्कटा १६ अङ्क जोडेर अङ्क तालिकाको ११ औँ स्थानमा रहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया