जानियाको उत्पादन प्रिनेटल गमीज नेपालमा सार्वजनिक
काठमाडौं । गर्भावस्थामा शिशु र आमाको स्वास्थ्य स्वस्थ राख्न खानुपर्ने सब्लीमेन्टमध्ये जानिया करपोरेशनको उत्पादन एक ट्र्ट प्रिनेटल गमीज नेपालमा पनि सार्वजनिक भएको छ ।
शनिबार एक कार्यक्रमको बीचमा यो सब्लीमेन्ट सार्वजनिक गरिएको हो । अहिले यो सब्लीमेन्ट भारत,अफ्रिका र नेपालमा सार्वजनिक गरिएको छ । सब्लिमेन्ट खाएपछि गर्भवतीहरुले फोलिक एसिड खान नपर्ने कम्पनीले जनाएको छ ।
गर्भावस्थामा महिलाको स्वास्थ्यलाई ध्यान दिदै यो सब्लीमेन्ट सार्वजनिक गरिएको स्त्रीरोग विशेषज्ञ डा. आरती सिन्हाले बताइन् । शिशुको शरीरको अंग विकासका गर्नका लागि फोलिक एसिडको आवश्यकता पर्ने बताउँदै उनले फोलिक एसिडामा पाइने तत्वहरु गमीजमै समावेश भएको कार्यक्रममा जानकारी दिइन् ।
जानियाको उत्पादन हाल १७ वटा देशमा रहेको कम्पनीका सिइओ निरुपम कुमारले बताए । उनका अनुसार यस वर्षभित्र प्रिनेटल गमिज पनि १७ वटै देशमा सार्वजनिक गरिने छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया