नेपाल र यूएईको स्थगित फाइनल खेल आज, सोमबार टिकट काटेकाले फेरि लिनु नपर्ने
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सोमबार स्थगित नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार) हुँदैछ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ६ बनाएपछि वर्षाका कारण सोमबारको बाँकी खेल स्थगित भएको थियो । पूरा हुन नसकेको खेल मंगलबार पुनः सोमबारकै अवस्थामा अघि बढाउन लागिएको हो ।
एसिसी प्रिमियर कपको फाइनल खेल जित्ने टिमले एसिया कप खेल्न पाउनेछन् । त्यसैले दुवै टिमले यसलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
सोमबार वर्षाका बीच खेल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको ओइरो लागेको थियो । सोमबार टिकट काटेकाले मंगलबारको खेल हेर्न पुनः टिकट लिनुनपर्ने प्रबन्ध मिलाइएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया