लेस्टर र एभर्टनले बाँडे अंक
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी र एभर्टनले बराबरी खेलेका छन् । गएराति सम्पन्न खेलमा लेस्टर र एभर्टनले २–२ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
एभर्टनका डोमिनिक लेविनले खेलको १५ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । तर त्यसको सातौं मिनेटमा नै लेस्टरका काग्लर सोयुन्चुले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
खेलको ३३ औं मिनेटमा जेमी भार्डीले गोल गर्दै लेस्टरलाई २–१ को अग्रता दिलाए पनि ५४औं मिनेटमा एलेक्स इओबीले गोल गर्दै खेललाई २–२ को बराबरीमा फर्काए । यसपछि दुवै टिमले गोलका लागि संघर्ष गरे पनि सफल हुन सकेनन् ।
योसँगै लेस्टर ३४ खेलमबाट ३० अंक जोडेर १६औं स्थानमा छ भने एभर्टन २९ अंकका साथ १९औंमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया