माई खोलाको आइपीओ बाँडफाँट, १ लाख २६ हजारले पाए शेयर
काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आज मंगलबार बिहान शेयर बाँडफाँट सम्पन्न भएको हो ।
क्यापिटलका अनुसार कुल १ लाख २६ हजार ९ सय ४१ जनाले शेयर पाएका छन् । यमध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकि १ लाख २६ हजार ९ सय ४० जनाले १० कित्ता शेयर पाएका छन् । ११ लाख ४६ हजार ९५० जनाको हात खाली भएको छ । आइपीओमा कुल १३ लाख ६३ हजार २ सय ६६ जनाको आवेदन परेको थियो ।
कम्पनीले वैशाख ८ देखि वैशाख १२ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले ७६ हजार ४ सय ७१ कित्ता समुहिक लगानी कोषहरुलाई ३० हजार ५ सय ८८ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएर सर्वसाधारणलाई १२ लाख ६९ हजार ४ सय ११ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया