एकल अंकले नेप्से घट्दा यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडाैं । पुँजी बजारमा मंगलबार नेप्से एकल अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा कायम भएको छ ।
आज नेप्से घटेसँगै कारोबार रकमसमेत घटेको छ आज दुई सय ७१ वटा कम्पनीका २१ हजार ६४९ पटक कारोबारमा २३ लाख ३६ हजार ६२५ कित्ता सेयर खरिदबिक्री हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रूपैयाँ बराबरको कारोबार भएका छन् ।
मंगलबार सात उपसमूह बढेका छन् भने बाँकी उपसमूह घटेका छन् । बढेका उपसमूहरूमा विकास बैंक ०.०५, वित्त ०.१४, होटल तथा पर्यटन ०.३०, जीवन बीमा ०.०४, उत्पादन ०.२३, सामूहिक लगानी ०.५४ र अन्य ०.०२ प्रतिशतले बढेको छ ।
घटेका उपसमूहमा बैंकिङ ०.०९, जलविद्युत ०.८७, लगानी ०.२५, माइक्रोफाइनान्स ०.६२, नीर्जीवन ०.३१ र व्यापार १.५३ प्रतिशतले घटेको छ ।
सोमबार आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक ८.२० प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै स्वेतगंगा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ४.७० प्रतिशतका दरले गुमाएका छन् ।
आज कारोबार रकमको आधारमा हिमालय डिष्टिलरीको सर्वाधिक २ करोड ४४ लाख ४९ हजार ८८३ रूपैयाँको कारोबार भयो । त्यस्तै दोस्रोमा नेपाल टेलिकमको २ करोड २८ लाख ४६ हजार रूपैयाँको कारोबार भयो । तेस्रोमा शिभम् सिमेन्टको २ करोड १५ लाख ४९ हजार रूपैयाँको कारोबार भयो । त्यस्तै तारागाउँ रिजेन्सी २ करोड ३ लाख र नबिल बैंक १ करोड ८० लाख रूपैयाँको कारोबार भयो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया