रविका चालक शम्भुको निधन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चितवनस्थित घरको छत बाट खसेर घाइते भएका गाडी चालक शम्भु थापाको उपचारको क्रममा मंगलबार निधन भएको छ ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको आज निधन भएको पारिवारीक स्राेतले बताएकाे छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ भई केही समयदेखि रविको सवारी चलाउँदै आएका ३९ वर्षीय थापा बैशाख ४ गते तीन तला माथिबाट खसेको अवस्थामा फेला परेका थिए ।
उनलाई एयरलिफ्टगरी थप उपचारका लागि मेडिसिटी अस्पताल ल्याइएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया