बिरामी बोक्न गाउँपालिकाको आफ्नै एम्बुलेन्स
सिमकोट । हुम्लाको सदरमुकामसँग जोडिएको खार्पुनाथ गाउँपालिकाले बिरामी बोक्न एम्बुलेन्सको व्यवस्था गरेको छ । उक्त गाउँपालिकासम्म आइपुग्ने बाटो अभावका कारण सलीसल्लाबाट हेलिकप्टरमार्फत ढुवानी गरेर एम्बुलेन्स ल्याइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताए ।
अब गाउँपालिकाभित्रका सेवाग्राहीहरुका लागि जिल्ला अस्पतालसम्म ल्याउन निःशुल्क सेवा प्रदान गर्ने उक्त एम्बुलेन्स हाल तयारी अवस्थामा राखिएको छ ।एम्बुलेन्स आउनुअगाडि बिरामीलाई गाडी रिजर्भ गरेर उद्धार गर्ने गरिएकामा अब पालिकाको आफ्नै एम्बुलेन्सबाट बिरामीको उद्धार गर्न सहज हुने भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए ।
भारतीय दूतावासले गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स माथिल्लो हुम्ला सडक सञ्जालसँग नजोडिएका कारण गाउँपालिकासम्म ल्याउन कठिनाइ भएको थियो ।
ताजा अपडेट
-
नेपाली युवा बक्सर ‘हिमालयन चितुवा’ बने विश्व च्याम्पियन
-
टिमुरेस्थित नेपाल-चीन सीमामा राष्ट्रिय झण्डा पुन:स्थापित गरियो
-
नेपाल भलिबल लिग: काठमाडौँको विजयी सुरुआत
-
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि…
-
चन्द्रिकाको उद्धार आशाको किरण, ज्येष्ठ नागरिकलाई अलपत्र छाड्दैनौँ : प्रधानमन्त्री बालेन


प्रतिक्रिया