नेपाली क्रिकेट खेलाडीलाई पुरस्कार दिने सरकारको निर्णय : कसले कति पाए ?
काठमाडौं । सरकारले एसीसी प्रिमियर कप विजेता खेलाडीलाई नगदी पुरस्कार दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषदको बैठकबाट विजेता प्रत्येक खेलाडीलाई रू. ६ लाख र अफिसियललाई जनही रू. ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको हो ।
साथै कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरिएको छ। मन्त्रिपरिषदको यस निर्णयले नेपाली क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन र क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास प्रधानमन्त्री प्रचण्डले लिएका छन् ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गरी एसिया कपमा छनोट भएको थियो । आगामी सेप्टेम्बरमा हुने एसिया कपमा नेपालले भारत र पाकिस्तानमा खेल्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया