पपुवा न्युगिनीविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्दैं

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
यस अघिको खेलमा पिएनजीलाई २ विकेटको साँघुरो अन्तरले पराजित गरेको नेपालले युएईसँगको दुईवटै खेलमा भने पराजय बेहारेको थियो ।
एकदिवसीय विश्वकप छनोटको समेत खेलमा नेपालले अहिलेसम्म ११ खेल खेलेर १० अंक जोडेको छ ।
सात मध्ये २८ खेलबाट ३६ अंकसहित ओमान पहिलो स्थानमा छ । १८ खेलबाट युएईको २२ अंक छ । तीन देश विश्वकप छनोटको प्रक्रियामा अघि बढ्नेमा नेपाल छैटौं स्थानमा छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया