‘खल्ती’ बाट निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने

काठमाडौं । अब खल्ती डिजिटल वालेटबाट निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने भएको छ । खल्तीले निशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा ल्याएसँगै अब ग्राहकले निशुल्क बैंक ट्रान्सफर गर्न सकिने भएको हो ।
यसमार्फत प्रयोगकर्ताहरूले निःशुल्क रुपमा अब कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ । ‘खल्ती’ बाट प्रति कारोबार सीमा रकम ५० हजार रुपैयाँ र प्रति दिन १ लाख रुपैयाँसम्म रहेको छ ।
यो अफर चैत्र ७ गते देखि २०७९ बैशाख ६ गते सम्म लागु हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार खल्तीबाट बैंक ट्रान्सफर गर्दा पैसा र समय दुबैकाे बचत हुन्छ ।
खल्तीबाट बाट नि:शुल्क बैंक ट्रान्सफर कसरी गर्ने ?
- खल्तीको होम स्क्रिन मा रहेको Send Money मा गइ Send to Any Bank Account मा क्लिक गर्ने ।
- बैंक छनोट गरि सबै विवरण दाखिला गर्ने र Check Transfer मा क्लिक गर्ने ।
- रकम पठाउने माध्यम छनौट गरी ‘Pay Transfer”’ मा ट्याप गरेर रकम पठाउने ।
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया