पपुवा न्युगिनीविरुद्ध नेपाललाई पहिलो सफलता
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध पहिलो सफलता हात पारेको छ । टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले २.३ ओभरमै पहिलो विकेट झारेको हो ।
नेपालका लागि करण केसीले ६ रन बनाएर खेलिरहेका टोनी उरालाई विनोद भण्डारीबाट क्याचआउट गराए ।
यस अघिको खेलमा पिएनजीलाई २ विकेटको साँघुरो अन्तरले पराजित गरेको नेपालले युएईसँगको दुईवटै खेलमा भने पराजय बेहारेको थियो ।
एकदिवसीय विश्वकप छनोटको समेत खेलमा नेपालले अहिलेसम्म ११ खेल खेलेर १० अंक जोडेको छ ।
सात मध्ये २८ खेलबाट ३६ अंकसहित ओमान पहिलो स्थानमा छ । १८ खेलबाट युएईको २२ अंक छ । तीन देश विश्वकप छनोटको प्रक्रियामा अघि बढ्नेमा नेपाल छैटौं स्थानमा छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया