NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

पपुवा न्युगिनीविरुद्ध नेपालले लियो दोस्रो विकेट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध नेपाली टिमले दोस्रो विकेट लिएको छ ।

टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको नेपालले २.३ ओभरमै पहिलो विकेट झारेको थियो ।

९.५ ओभरमा सोमपाल कामीले २० रन बनाएर खेलिरहेका लेगा सियाकालाई आउट गरेका हुन् । सोमपालको बलमा विनोद भण्डारीमार्फत् क्याचआउट गराएका हुन् ।

१० ओभर सकिंदा पिएनजीले ३६ रन बनाउँदा २ विकेट गुमाएको छ ।