निर्णायक खेलको तयारीमा रोनाल्डो (५ तस्बिरसहित)
काठमाडौं । पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले फिफा विश्वकप छनोटको निर्णायक खेलका प्रशिक्षण थालेका छन् ।

प्रशिक्षणमा उनीसँगै म्यानचेस्टर युनाइटेडका सहकर्मी ब्रुनो फर्नान्डेज पनि देखिएका छन् ।

यसै वर्ष कतारमा हुने विश्वकपमा सिधै छनोट नभएपछि पोर्चुगल यतिबेला प्ले अफमा धकेलिएको छ ।

अब दुई कठिन खेल जितेमात्र रोनाल्डोको पोर्चुगल विश्वकपमा छनोट हुनेछ । पोर्चुगलले पहिलो खेल (सेमिफाइनल) मार्च २४ मा टर्कीसँग घरेलु मैदानमा खेल्दैछ । यो खेल जितेमा पोर्चुगलले इटाली वा नर्थ मेसेडोनियासँग खेल्नेछ ।

यदि यो फाइनल खेल चार पटकको विश्वविजेता इटालीविरुद्ध भएमा त्यो निकै कठिन हुने अनुमान गरिएको छ । सो खेल मार्च २९ मा हुने तय भएको छ ।
विश्वकप छनोटको निर्णायक खेलका लागि पोर्चुगलको टोली घोषणा, छैनन् दुई महत्वपूर्ण खेलाडी
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया