नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ६० करोडमा खुम्चियो
काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से १९.१२ अंकले घटेर १८५०.६१ विन्दुमा कायम भएको छ ।
नेप्सेका अनुसार दुई सय ६३ वटा कम्पनीको २३ हजार ५१ पटक कारोबारमा २० लाख १५ हजार ९५९ कित्ता शेयर खरिदबिक्री हुँदा ६० करोड ८१ लाख ३५ हजार ९४ रूपैयाँको कारोबार भएको छ ।
आइतबार सबै उपसमूह घटेको छ । सबैभन्दा बढी जलविद्युत २.०४ प्रतिशतले बढेको छ । अन्य उपसमूहरूमा बैंकिङ ०.७४, विकास बैंक १, वित्त १.२१, होटल तथा पर्यटन १.७९, लगानी १.१२, जीवन बीमा ०.४३, उत्पादन ०.१५, माइक्रोफाइनान्स १.२४, म्युचल ०.०५, नीर्जीवन १.१९, अन्य ०.७५ र व्यापार ०.४९ प्रतिशतले घटेको छ ।
आज आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ८.२२ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै एनएमबी डिवेञ्चर ८.३३ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिभमको ३ करोड २२ लाख ३७ हजार रूपैयाँको कारोबार भएको छ । दोस्रोमा मकर जितुमायाँ सुरी हाइड्रोपावर १ करोड ८९ लाख ७६ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै नबिल बैंक १ करोड ६८ लाख २३ हजार, एनआइसी एशिया एक करोड ५४ लाख ७० हजार र न्यादी ग्रुप १ करोड ५३ लाख १५ हजार रूपैयाँको कारोबार भयो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया