मेस्सी निलम्बित खेलमा पिएसजीको सहज जित
काठमाडौं । लियोनल मेस्सीबिना मैदानमा उत्रिएको पिएसजीले लिग वानमा जित हात पारेको छ । गएराति सम्पन्न खेलमा पिएसजीले ट्रोयजमाथि ३–१ को सहज जित निकालेको हो ।
मेस्सी निलम्बितपछि मनोवैज्ञानिक दबाबमा परेको पिएसजीका लागि केलियन एमबाप्पेले आठौं मिनेटमा नै गोल गरेर सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफमा नै भिटिन्हाले अर्को गोल गरेर अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा जावियर चवेलरिनले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोसिस गरेका थिए । तर लगत्तै फाबियन रुइजले पिएसजीका निम्ति गोल गर्दै जित पक्का गराए ।
पिएसजी ११औं पटक उपाधि हत्याएर कीर्तिमान बनाउन चाहन्छ । त्यसका लागि पिएसजीलाई अब मात्र ७ अंकको खाँचो छ ।
मेस्सी निलम्बनमा परेपछि पिएसजी उनीबिनै मैदानमा उत्रिएको हो । क्लबसँग अनुमति नलिई साउदी अरब भ्रमणमा गएपछि मेस्सी दुई साताका लागि निलम्बनमा छन् । दुई वर्षअघि पिएसजीमा अनुबन्धित मेस्सीले यसमा आफ्नो गल्ती स्वीकारेर माफी मागिसकेका छन् ।
ताजा अपडेट
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
२०३३ सालको तुलनामा अहिले नेपालको राष्ट्रियता झनै ठूलो संकटमा छः पूर्णबहादुर खड्का
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा


प्रतिक्रिया