श्री एयरलाइन्सको जहाजमा के भएको हो ?

काठमाडौं । भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ ।
उडान नम्बर एसएचए ८२२ नम्बरको ८० सिट क्षमताको –एस ८ जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दुरीमा पुग्दा प्राविधिक समस्या देखिएपछि पुनः सोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार श्री एयरलाइन्सको जहाजको ल्याडिङ् गियरमा समस्या देखिएकाले पुनः गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । अवतरणका क्रममा धावनमार्गमै जहाज अड्किएकोमा सो जहाजको प्राविधिक मर्मतपछि धावनमार्गबाट निकालेर विमानस्थलको उडान सामान्य भइसकेको प्रवक्ता सिटौलाले जानकारी दिए ।
उक्त जहाज भैरहवाबाट बिहान करिब ९ः४० बजे काठमाडौँ उडेको थियो । उडान भरेको केहीसमयमै जहाजमा प्राविधिक समस्या देखिएपछि विमानचालकले जहाजलाई भैरहवा फर्काएर अवतरण गराएका थिए ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया