फरक तरिकाले काम गर्न सकिएन भने फरक नतिजा आउँदैन : रवि लामिछाने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेले आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आव ०८०/८१ को बजेट सिद्धान्त र प्राथामिकता विगतमा पेश गरेको भन्दा फरक नभएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको प्रिबजेट छलफलको क्रममा उनले सो बताएका हुन् । सांसद लामिछानेले यो पटकको बजेट सिद्धान्त र प्राथामिकतामा केही वाक्य र शब्दबाहके सबै दोहोरिएको औंल्याए ।
छलफलको क्रमममा उनले नेपालको अर्थतन्त्र निकै असाधारण अवस्थामा भएको बताए ।
‘तीन दशकयताकै आर्थिक वृद्धिदर कम हुने देखिएको छ । देशको अर्थतन्त्र कता गइरहको छ ? पाँच दशकयताकै कम राजश्व संकलन, सरकारले राखेको लक्ष्यभन्दा कम राजश्व संकलन भएको छ ।’ साथै उनले सधै एउटै कुरा गरेर फरक नतिजा ल्याउन नसक्ने बताएका छन् र वर्षेनी यस्ता कुरा ल्याएर जनताको विश्वास दिलाउन नसक्नेसमेत उल्लेख गरे ।
असाधारण रुपमा साधाणरण खर्च खटौती गर्ने, क्रियाकलाप हैन नतिजाको आधारमा कार्यासम्पादन मूल्यांकन गर्ने, विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावराण बनाउने किसिमको बजेट आउनुपर्ने उनले सुझाव दिएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया