फरक तरिकाले काम गर्न सकिएन भने फरक नतिजा आउँदैन : रवि लामिछाने
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेले आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको आव ०८०/८१ को बजेट सिद्धान्त र प्राथामिकता विगतमा पेश गरेको भन्दा फरक नभएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको प्रिबजेट छलफलको क्रममा उनले सो बताएका हुन् । सांसद लामिछानेले यो पटकको बजेट सिद्धान्त र प्राथामिकतामा केही वाक्य र शब्दबाहके सबै दोहोरिएको औंल्याए ।
छलफलको क्रमममा उनले नेपालको अर्थतन्त्र निकै असाधारण अवस्थामा भएको बताए ।
‘तीन दशकयताकै आर्थिक वृद्धिदर कम हुने देखिएको छ । देशको अर्थतन्त्र कता गइरहको छ ? पाँच दशकयताकै कम राजश्व संकलन, सरकारले राखेको लक्ष्यभन्दा कम राजश्व संकलन भएको छ ।’ साथै उनले सधै एउटै कुरा गरेर फरक नतिजा ल्याउन नसक्ने बताएका छन् र वर्षेनी यस्ता कुरा ल्याएर जनताको विश्वास दिलाउन नसक्नेसमेत उल्लेख गरे ।
असाधारण रुपमा साधाणरण खर्च खटौती गर्ने, क्रियाकलाप हैन नतिजाको आधारमा कार्यासम्पादन मूल्यांकन गर्ने, विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावराण बनाउने किसिमको बजेट आउनुपर्ने उनले सुझाव दिएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया