नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम बढ्यो
काठमाडाैं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से १६.९३ अंकले घटेर १८३३.६९ विन्दुमा कायम भएको छ ।
सोमबार नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । नेप्सेका अनुसार दुई सय ७० वटा कम्पनीको २५ हजार ५८८ पटक कारोबारमा २८ लाख १० हजार ६२७ कित्ता शेयर खरिदबिक्री हुँदा ८२ करोड ४२ लाख १७ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबै उपसमूह घटेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन २.४४ प्रतिशतले बढेको छ । अन्य घटेका उपसमूहरूमा बैंकिङ ०.५३, विकास बैंक ०.४०, वित्त १.१९, जलविद्युत १.८९, लगानी ०.५०, जीवन बीमा १.३१, उत्पादन ०.७०, माइक्रोफाइनान्स ०.८२, म्युचल फण्ड ०.०६, नीर्जीवन १.२५, अन्य ०.६४ र व्यापार ०.६१ प्रतिशतले घटेको छ ।
आज वीन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक ८.०५ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै एनएमबी डिवेञ्चर ८.३३ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै इष्टर्न हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।
सोमबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै शिभमको ३ करोड ७८ लाख २१ हजार रूपैयाँको कारोबार भएको छ । दोस्रोमा हिमाल दोलखा हाइड्रोपावर २ करोड २५ लाख ५२ हजार रूपैयाँको कारोबार भयो ।
त्यस्तै हिमालय डिष्टिलरी २ करोड २० लाख ३३ हजार, तारागाउँ रिजेन्सी होटल २ करोड १ लाख २६ हजार र एनआइसी एशियाको १ करोड ९७ लाख २२ हजार रूपैयाँको कारोबार भयो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया