ढाकाकुमारमाथिको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई तत्काल कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठमाथि रास्वपाले गरेको कारबाही नगर्न /नगराउन अल्पकालीन अन्तरिम आदेश दिएकाे हो ।
यस मुद्दामा दुवै पक्षको बहस पैरवीपछि मात्र अन्तरिम आदेशको बारेमा फैसला गर्ने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग ढाकाकुमारले दुई करोड रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनलाई रास्वपाले पदमुक्त गरेको थियो ।
श्रेष्ठले आफूमाथि पार्टीले गरेको कारबाहीविरुद्ध सर्वोच्च अदालतमा रिट दिएका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया