आफ्नो फेसबुक अकाउन्ट अरुको डिभाइसमा लगइन भएको कसरी हेर्ने ? यसरी गर्नुहोस् लगआउट
काठमाडाैं । हामी सबैले सामाजिक सञ्जाल फेसबुक चलाउँछौँ । कहिलेकहीँ व्यक्तिगत फोनबाहेक अन्य डिभाइस जस्तै अफिसको कम्युटर, ल्यापटप, साथीभाइ तथा आफन्तको मोबाइलबाट आफ्नो अकाउन्ट खोलेर चलाउँछौँ । यस्तो अवस्थामा अकाउन्ट लगआउट गर्न विर्सेका हुन सक्छौँ ।
त्यति मात्रै नभएर कतिपय अवस्थामा हाम्रो मोबाइल हराउन सकिन्छ, या चोरी हुन सक्छ । त्यतिबेला व्यक्तिगत मोबाइलमा अकाउन्ट लगआउट नगरेको हुन सक्छ । त्यस्तो अवस्थामा आफ्नो व्यक्तिगत अकाउन्ट अरूले चलाउन सक्छ, तपाईंको अकाउन्ट मिसयुज गर्न सकिन्छ । त्यसबाट बच्नका लागि तपाइँले तुरून्तै अकाउन्ट लगआउट गर्नुपर्ने हुन्छ । तर कसरी ?
यी स्टेप अपनाउनुहोस् :
१. तपाईंले अहिले चलाइरहनुभएको अर्थात लगइन भएको फेसबुक एपमा जानुहोस् । त्यसपछि दायाँ माथिपट्टि रहेको प्रोफाइल आइकनमा क्लिक गर्नुहोस्
२. त्यहाँ अरू पनि अप्सनहरू देख्नुहुनेछ, तर तपाईंले Settings and Privacy मा ट्याप गर्नुहोस्
३. Settings मा क्लिक गर्नुहोस्
४. त्यसपछि password and security अप्सन देख्नुहुनेछ ।
जब तपाइँले यहाँसम्म भनेअनुसार गर्नुहुन्छ, अब तपाइँले देख्नुहुन्छ, तपाईंको अकाउन्ट कुन कुन डिभाइसमा खुलेको छ ।
तपाईंले त्यहाँ रहेका फोन वा ल्यापटपका सूचीहरूमध्ये कुनै डिभाइस आफ्नो होइन वा शंकास्पद लाग्यो भने त्यसमा क्लिक गरेर Log Out मा गर्न सक्नुहुन्छ ।
ताजा अपडेट
-
सूचना आयोगले सूचनाको हकसम्बन्धी क्षेत्रमा उत्कृष्ट १३ जनालाई पुरस्कृत गर्ने
-
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन
-
काठमाडौँ महानगरको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार
-
चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा
-
६ सचिवको सरुवा, पर्यटन, शिक्षा र कृषि सचिव फेरिए
प्रतिक्रिया