अब बैंकहरूले कर्जाको ब्याजदर मासिक रूपमा परिवर्तन गर्नुपर्ने
काठमाडाैं । अबदेखि बैंक तथा वित्तिय संस्थाले कर्जाको ब्याजदर मासिक रूपमा ब्याजदर परिवर्तन गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एउटा त्रैमासमा एकपटक मात्रै कर्जाको ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था हटाएसँगै अब अब तीन महिनाको औसत आधार दरका आधारमा मासिक रूपमा ब्याजदर परिवर्तन गर्नुपर्ने भएको हो।
राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै निकालेको सूचनामा भनिएको छ, ‘कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थपघटको सीमासम्म मासिक रूपमा परिवर्तन गर्नुपर्नेछ ।’
तर, पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा ब्याजदर वृद्धि नगर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न यस व्यवस्थाले वाधा नपर्ने राष्ट्र बैंकले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया