टोपबहादुरको घरमा प्रहरीले मार्यो छापा
काठमाडौं । फरार सूचीमा रहेका नेपाली एमालेका सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।
उनको ललितपुरस्थित सातदोबाटोमा रहेको घरमा आज छापा मारिएको हो ।
उनीमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । अनुसन्धानलाई सघाउन आफैं हाजिर हुन्छु भनेर फरार रहेका रायमाझीलाई खोज्न प्रहरीले देशभरका युनिटलाई सूचना जारी गरेको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा तानिएपछि उनीविरूद्ध गत २० वैशाखमा जिल्ला अदालत काठमाडौंमा उजुरी परेको थियो ।
प्रहरीले यही घटनामा उनका छोरा सन्दीपलाई भने पक्राउ गरिसकेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया