नेक्सन इभी म्याक्स अब नेपाली बजारमा, यस्तो छ मूल्य
काठमाडाैं । टाटा मोटर्सले नेक्सन इभी म्याक्सको नेपाली बजारमा विक्री वितरण सुरू गरेको छ । कम्पनीको सर्वोत्कृष्ट ढंगले विक्री भइरहेको नेक्सन इभीको विस्तारित स्वरूप यो नयाँ गाडी ७.२ किलोवाट चार्जिङ्गको व्यवस्थासहित ४६ लाख ४९ हजार रूपैयाँको आकर्षक मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
उत्कृष्ट एवं दिगो ‘मोबिलिटी’मा विश्वास राख्ने ग्राहकलाई लक्षित नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नयाँ उचाई पुर्याउने अपेक्षा गरिएको छ । उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन गरी तिनवटा आकर्षक रङ्गहरुमा उपलब्ध छ । त्यसैगरी, स्ट्यान्डर्ड रङ्गको रुपमा डुएल टन बडी पनि उपलब्ध छ ।
४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशतले बढी छ । यस कारणले यो गाडीले विना कुनै झञ्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्दछ । यसले १०० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २५० एनएम बराबरको टर्क पैदा गर्छ । यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ । जसले ६.५ घन्टाको छोटो अवधिमा नै चार्जिङ्ग कार्य सम्पन्न गर्दछ । नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ जुन आफैमा अभूतपूर्व छ ।
‘नेपाली ग्राहकहरुले अत्याधिक रुचाएका नेक्सन र टिगोर मोडेलका इभीहरुको साथ टाटाले विगत केहि समयदेखि नेपालको विद्युतीय सवारी साधनको विकास एवं विस्तारमा अग्रणी भूमिका खेलिरहेको छ । यसै सन्दर्भमा नेक्सन इभी म्याक्सको बजारमा विक्री वितरण आरम्भसँगै यस्तो भूमिका अझ सुदृढ हुने हामीले अपेक्षा गरेका छाैँ,’ टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले भने । ‘अत्याधुनिक जिपट्रन प्रविधियुक्त नेक्सन इभी म्याक्समा जस्तोसुकै मौसम र सडक अवस्थामा यात्रा गर्न सकिन्छ । साथै, रेञ्ज, आराम र बनावट जस्ता दृष्टिकोणले पनि यो सर्वोत्कृष्ट छ । त्यसैले विद्युतीकरणको दिशामा अगाडि बढिरहेको नेपाली अटोमोबाइल बजारमा यसले अमिट छाप छोड्न सफल हुनेमा हामी विश्वस्त छाैँ,’ उनी थप्छन् ।
चन्द्रका अनुसार यो विद्युतीय एसयूभीले नेपाली ग्राहकहरुको विद्युतीय गाडीको अनुभवमा एक नयाँ आयाम थपी टाटा ब्रान्डको छविमा सकारात्मक योगदान पुर्याउने छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया