क्यामरुनमा बस दुर्घटना : १५ जनाको मृत्यु
याउण्डे । क्यामरुनमा भएको बस दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु हुनाका साथै अन्य १९ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । पूर्व र आदमवा क्षेत्र जोड्ने राजमार्गको एक गाउँमा मङ्गलबार दिउँसो उक्त दुर्घटना भएको हो ।
अदामावा क्षेत्रीय प्रमुख शहर नगाउन्डेरेतर्फ जाँदै गरेको बसको चालकले नियन्त्रण गुमाएपछि इन्धन ढुवानी गरेको गाडी ठोक्किएर विस्फोट भएको प्रहरीले जनाएको छ ।
क्यामरुन रेडियो टेलिभिजन, सरकारी टेलिभिजनले जनाएअनुसार मृत्यु हुनेमा तीन वर्षीय बालक पनि रहेको बताइएको छ। त्यसैगरी सातजना महिलाको पनि मृत्यु भएको बताइएको छ ।
घाइतेहरूलाई अस्पताल लगिएको छ र सघन उपचार जारी छ । क्यामेरोनियन यातायात मन्त्रालयलका अनुसार प्रत्येक वर्ष १,५०० जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको पाइन्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया