क्यामरुनमा बस दुर्घटना : १५ जनाको मृत्यु
याउण्डे । क्यामरुनमा भएको बस दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु हुनाका साथै अन्य १९ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । पूर्व र आदमवा क्षेत्र जोड्ने राजमार्गको एक गाउँमा मङ्गलबार दिउँसो उक्त दुर्घटना भएको हो ।
अदामावा क्षेत्रीय प्रमुख शहर नगाउन्डेरेतर्फ जाँदै गरेको बसको चालकले नियन्त्रण गुमाएपछि इन्धन ढुवानी गरेको गाडी ठोक्किएर विस्फोट भएको प्रहरीले जनाएको छ ।
क्यामरुन रेडियो टेलिभिजन, सरकारी टेलिभिजनले जनाएअनुसार मृत्यु हुनेमा तीन वर्षीय बालक पनि रहेको बताइएको छ। त्यसैगरी सातजना महिलाको पनि मृत्यु भएको बताइएको छ ।
घाइतेहरूलाई अस्पताल लगिएको छ र सघन उपचार जारी छ । क्यामेरोनियन यातायात मन्त्रालयलका अनुसार प्रत्येक वर्ष १,५०० जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको पाइन्छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया