पूर्वलडाकुको नाममा माओवादीले एकलौटी राज्यकोष दोहन गर्यो : ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले लडाकुको नाममा माओवादीले आफै पैसा राख्न खोजेको आरोप लगाएका छन् ।
वर्तमान सरकारले एकलौटी निर्णय गरेर माओवादी केन्द्रका पूर्वलडाकुलाई पैसा दिन लागेकोमा उनले तिव्र असन्तुष्टी जनाए ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार भएको केन्द्रीय समिति बैठकमा बोल्दै ओलीले अर्थतन्त्र संकटमा परेको बेला लडाकुलाई पैसा दिने सरकारको निर्णय गलत भएको टिप्पणी गरे ।
‘मुलुकको अर्थतन्त्र अहिले संकटग्रस्त छ । विकास निर्माणका काम अबरूद्ध छन्। यस्तो बेलामा माओवादीका पूर्वलडाकु, क–कसको नाममा फेरि २ लाख रुपैयाँ बाँड्ने भन्ने सरकारले एकलौटी निर्णय गरेको छ । सरकारबाट बलजफती निर्णय गराउने र फेरि एक लाख ५० हजार त्यो कार्यकर्तालाई दिने अनि बाँकी आफैँ लिने योजना छ’, उनले भने ।
यसअघि लडाकु शिविरमा नभएका मानिसका नाममा पैसा बुझेको स्मरण गराउँदै उनले राज्यको ढुुकुटी अनुचित तरिकाले खल्तीमा हाल्नु भनेको भ्रष्टाचार भएको उनले आरोप लगाए । लडाकुको नाममा माओवादीले राज्यको अबौं हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले खुट्टा नकमाइकन छानबिन गर्न उनले आग्रह गरे ।
ताजा अपडेट
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
-
एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
-
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
प्रतिक्रिया