पूर्वलडाकुको नाममा माओवादीले एकलौटी राज्यकोष दोहन गर्यो : ओली
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले लडाकुको नाममा माओवादीले आफै पैसा राख्न खोजेको आरोप लगाएका छन् ।
वर्तमान सरकारले एकलौटी निर्णय गरेर माओवादी केन्द्रका पूर्वलडाकुलाई पैसा दिन लागेकोमा उनले तिव्र असन्तुष्टी जनाए ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार भएको केन्द्रीय समिति बैठकमा बोल्दै ओलीले अर्थतन्त्र संकटमा परेको बेला लडाकुलाई पैसा दिने सरकारको निर्णय गलत भएको टिप्पणी गरे ।
‘मुलुकको अर्थतन्त्र अहिले संकटग्रस्त छ । विकास निर्माणका काम अबरूद्ध छन्। यस्तो बेलामा माओवादीका पूर्वलडाकु, क–कसको नाममा फेरि २ लाख रुपैयाँ बाँड्ने भन्ने सरकारले एकलौटी निर्णय गरेको छ । सरकारबाट बलजफती निर्णय गराउने र फेरि एक लाख ५० हजार त्यो कार्यकर्तालाई दिने अनि बाँकी आफैँ लिने योजना छ’, उनले भने ।
यसअघि लडाकु शिविरमा नभएका मानिसका नाममा पैसा बुझेको स्मरण गराउँदै उनले राज्यको ढुुकुटी अनुचित तरिकाले खल्तीमा हाल्नु भनेको भ्रष्टाचार भएको उनले आरोप लगाए । लडाकुको नाममा माओवादीले राज्यको अबौं हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले खुट्टा नकमाइकन छानबिन गर्न उनले आग्रह गरे ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया