परराष्ट्रमन्त्री साउद बंगलादेश प्रस्थान
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद बङ्गलादेशको ढाकामा यही वैशाख २९ र ३० गते हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नाराका हुन लागेको उक्त सम्मेलनमा उनले यही वैशाख ३० गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले बङ्गलादेश सरकारका उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट गर्नुका साथै सम्मेलनका क्रममा विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग पनि भेटघाट गर्नेछन् । उनी वैशााख ३१ गते स्वदेश फर्कर्ने कार्यक्रम छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया