सिटिजन्स बैंकका ग्राहकलाई आरबि डायग्नोस्टिकमा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका कार्डबाहक ग्राहकले आरबि डायग्नोस्टिकमा विशेष छुट पाउने भएका छन् । छुटसम्बन्धी बैंक र ज्ञानेश्वर, काठमाडौंस्थित आरबि डायग्नोस्टिक प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारीपत्र पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले आर बि डायग्नोस्टिमा २० प्रशिततसम्मको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया