दोहोरो अंकले नेप्से घट्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा आज दोहोरो अंकको गिरावट देखिएको छ । आज नेपाल १६.९६ अंकले घटेर १८२१.६४ विन्दुमा कायम भएको हो ।
आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आज दुई सय ६३ वटा कम्पनीको २२ हजार ७२९ पटक कारोबारमा २७ लाख ८८ हजार ८१५ कित्ता सेयर खरिदबिक्री हुँदा ९० करोड ५ लाख ६३ हजार ८५६ रूपैयाँको कारोबार भएको छ ।
आइतबार लगानीबाहेक सबै उपसमू घटेका छन् । लगानी १. १३ प्रतिशतले बढेको छ । घटेका उपसमूहरूमा बैंकिङ ०.७१, विकास बैंक १.१४, वित्त १.२६, होटल तथा पर्यटन ०.८१, जलविद्युत २.१, जीवन बीमा ०.४४, उत्पादन १.५८, माइक्रोफाइनान्स ०.५१, म्युचल फण्ड ०.४८, नीर्जीवन ०.४८, अन्य २.०७ र व्यापार ०.५५ प्रतिशतले घटेको छ ।
आज आत्मनिर्भर लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताले सर्वाधिक १०प्रतिशतका दरले कमाएका छन् । त्यस्तै राष्ट्रिय उत्थान लघुवित्तका लगानीकर्ताले सर्वाधिक ६.३७ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमको आधारमा सबैभन्दा धेरै सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टका लगानीकर्ताले ५ करोड ३५ लाख ७५ हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा हिमालय डिष्टिलरीको ४ करोड ५९ लाख ६९ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै एनआइसी एशिया ४ करोड ५७ लाख ५४ हजार, शिभम् ३ करोड ६० लाख ७१ हजार र नबिल बैंक ३ करोड ७ लाख ९० हजार रूपैयाँको कारोबार भयो ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया