दोहोरो अंकले नेप्से घट्दा यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा आज दोहोरो अंकको गिरावट देखिएको छ । आज नेपाल १६.९६ अंकले घटेर १८२१.६४ विन्दुमा कायम भएको हो ।
आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आज दुई सय ६३ वटा कम्पनीको २२ हजार ७२९ पटक कारोबारमा २७ लाख ८८ हजार ८१५ कित्ता सेयर खरिदबिक्री हुँदा ९० करोड ५ लाख ६३ हजार ८५६ रूपैयाँको कारोबार भएको छ ।
आइतबार लगानीबाहेक सबै उपसमू घटेका छन् । लगानी १. १३ प्रतिशतले बढेको छ । घटेका उपसमूहरूमा बैंकिङ ०.७१, विकास बैंक १.१४, वित्त १.२६, होटल तथा पर्यटन ०.८१, जलविद्युत २.१, जीवन बीमा ०.४४, उत्पादन १.५८, माइक्रोफाइनान्स ०.५१, म्युचल फण्ड ०.४८, नीर्जीवन ०.४८, अन्य २.०७ र व्यापार ०.५५ प्रतिशतले घटेको छ ।
आज आत्मनिर्भर लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताले सर्वाधिक १०प्रतिशतका दरले कमाएका छन् । त्यस्तै राष्ट्रिय उत्थान लघुवित्तका लगानीकर्ताले सर्वाधिक ६.३७ प्रतिशतका दरले गुमाएका छन् ।
कारोबार रकमको आधारमा सबैभन्दा धेरै सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टका लगानीकर्ताले ५ करोड ३५ लाख ७५ हजार रूपैयाँको कारोबार भयो । दोस्रोमा हिमालय डिष्टिलरीको ४ करोड ५९ लाख ६९ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै एनआइसी एशिया ४ करोड ५७ लाख ५४ हजार, शिभम् ३ करोड ६० लाख ७१ हजार र नबिल बैंक ३ करोड ७ लाख ९० हजार रूपैयाँको कारोबार भयो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया