कोलकत्तासँग चेन्नाई ६ विकेटले पराजित
काठमाडौं । चेन्नाई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकत्ता नाइट राइडर्ससँग पराजित भएको छ ।
चेन्नईको घरेलु मैदानमा आइतबार सम्पन्न खेलमा कोलकत्ता ६ विकेटले विजयी भएको हो ।
चेन्नाईले १४५ रनको लक्ष्य दिएकोमा कोलकत्ताले त्यसलाई १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
कोलकत्ताको यो जितमा कप्तान नितिश राणा र रिंकु सिंहले अर्धशतकीय इनिङ्स खेले । राणाले ४४ बलमा ६ चौका र १ छक्काको मद्दतमा अविजित ५७ रन बनाए भने सिंहले ४३ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५४ रन जोडे ।
चेन्नाईका लागि दीपक चहरले ३ विकेट लिए ।
त्यसअघि घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चेन्नाइले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनायो । चेन्नाइका लागि शिभव दुवेले ३४ बलमा एक चौका र तीन छक्का प्रहार गरी अविजित ४८ रन, डेभोन कनवेले ३० रन र रवीन्द्र जडेजाले २० रनको योगदान दिए ।
कोलकाताका सुनील नारिनले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए भने वरुण चक्रवर्तीले पनि २ तथा वैभव आरोरा र शार्दुल ठाकुरले समान एक÷एक विकेट लिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया