कोलकत्तासँग चेन्नाई ६ विकेटले पराजित

काठमाडौं । चेन्नाई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकत्ता नाइट राइडर्ससँग पराजित भएको छ ।
चेन्नईको घरेलु मैदानमा आइतबार सम्पन्न खेलमा कोलकत्ता ६ विकेटले विजयी भएको हो ।
चेन्नाईले १४५ रनको लक्ष्य दिएकोमा कोलकत्ताले त्यसलाई १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
कोलकत्ताको यो जितमा कप्तान नितिश राणा र रिंकु सिंहले अर्धशतकीय इनिङ्स खेले । राणाले ४४ बलमा ६ चौका र १ छक्काको मद्दतमा अविजित ५७ रन बनाए भने सिंहले ४३ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५४ रन जोडे ।
चेन्नाईका लागि दीपक चहरले ३ विकेट लिए ।
त्यसअघि घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको चेन्नाइले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनायो । चेन्नाइका लागि शिभव दुवेले ३४ बलमा एक चौका र तीन छक्का प्रहार गरी अविजित ४८ रन, डेभोन कनवेले ३० रन र रवीन्द्र जडेजाले २० रनको योगदान दिए ।
कोलकाताका सुनील नारिनले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए भने वरुण चक्रवर्तीले पनि २ तथा वैभव आरोरा र शार्दुल ठाकुरले समान एक÷एक विकेट लिए ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया