गोरखामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

गोरखा । गोरखामा गएराति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गण्डकी गाउँपालिका–६, घौचुरमा बा०१–०२५ च ६२०४ नम्बरको बलेरो जिप सडकबाट झण्डै ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
दुर्घटनामा परी गण्डकी गाउँपालिका–६ निवासी ७८ वर्षीया किरमाया आलेको मृत्यु भएको हो । काठमाडौँबाट घौचुरतर्फ जाँदै गरेको बलेरो जिप कच्ची सडकबाट खस्दा सख्त घाइते हुनुभएकी आलेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
उक्त दुर्घटनामा परी अन्य पाँचजना घाइते भएका थिए । घाइते हुनेमा सोही ठाउँका ७७ वर्षीया कनमाया आले, ७८ वर्षीय धनबहादुर आले, ८१ वर्षीय तीर्थबहादुर आले, ७२ वर्षीय पूर्णबहादुर थापा र ६५ वर्षीया गङ्गामाया थापा छन् ।
घाइतेहरूको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनापछि जिपका चालक ४३ वर्षीय केहरसिंह थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए। दुर्घटनाको कारण भने खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया