पुरस्कृत गर्ने पात्र खोज्दै पर्यटन मन्त्रालय
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एउटा शीर्षकको पुरस्कार वितरणका लागि आवेदन माग गरेको छ ।
इतिहास शिरोमणिका नामले चिनिने बाबराम आचार्यको नाममा मन्त्रालयले ‘इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार, २०७९’ स्थापना गरेको छ । सोही पुरस्कार वितरण निम्ति मन्त्रालयले सूचना जारी गरेको हो ।
नेपाली इतिहासको खोजमूलक अध्ययन, अनुसन्धान तथा प्रचार प्रसार गरी सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान गरेको वा इतिहास शिरोमणि बाबुराम आचार्यले पुर्याउनु भएको विशेष योगदानको विषयमा खोज, अध्ययन, अनुसन्धान गरी सो क्षेत्रमा उत्कृष्ट योगदान गरेको व्यक्ति वा संस्थाबाट पुरस्कारका लागि आवेदन आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।
आवेदन मन्त्रालयको संस्कृति महाशाखामा बुझाउनुपर्नेछ ।
तोकिएको योग्यता पुगेका व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र व्यक्तिगत वा संस्थागत परिचय खुल्ने आधिकारिक कागजात, ठेगाना, सम्पर्क नम्बर, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, दुई प्रति फोटो, उत्कृष्ट कृतिहरूको विवरणलगायत विवरण र कागजातसहित आवेदन दिन मन्त्रालयले भनेको छ ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया