आईएमएफद्वारा आर्थिक सुधार गरेकामा श्रीलङ्काको प्रशंसा
सरकार र श्रीलङ्काली जनताको बलियो स्वामित्वमा सुधारको गतिलाई अझ व्यापकरूपमा जारी राख्न आवश्यक रहेको पनि उनको टिप्पणी छ । उनले सुधारबाट प्राप्त कठिन लाभ श्रीलङ्काका जनतालाई फाइदा पुग्ने किसिमका रहेको, त्यसको सुदृण गर्दै भ्रष्टाचार विरोधी र शासन सुधार आवश्यक रहेको उल्लेख गरेका छन् ।
आईएमएफका अनुसार श्रीलङ्का एसियाको पहिलो देश हो जसले आईएमएफ गभर्नेन्स डायग्नोस्टिक अभ्यास गरेको छ । आईएमएफ गभर्नेन्स डायग्नोस्टिक प्रतिवेदन यस वर्ष सेप्टेम्बर सम्म प्रकाशित हुने अपेक्षा गरिएको छ । मिसनले मार्चमा कोलम्बोको भ्रमण गरेको थियो र यस महत्वपूर्ण सुधार क्षेत्रमा सरोकारवाला र नागरिक समाजसँग नजिक रहेर काम गरेको छ ।
आईएमएफले यस वर्ष मार्चमा श्रीलङ्काको आर्थिक नीति र सुधारलाई समर्थन गर्न करिब तीन अर्ब अमेरिकी डलरको इएफएफ अन्तर्गत ४८ महिनाको विस्तारित अर्ततन्त्र सुधार व्यवस्थालाई अनुमोदन गरेको थियो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया