भारतमा कमल थापालाई टेबल टेनिसमा सफलता, अब फाइनल खेल्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापा वर्ल्ड टेनिस मास्टर्स एम टी २०० प्रतियोगिताको फाइनलमा पुग्न सफल भएका छन् ।
दार्जिलिङ जिमखाना क्लबको आयोजनामा दार्जिलिङमा आयोजित प्रतियोगिताको ६० वर्ष उमेर समूहको डबल प्रतिस्पर्धामा थापा फाइनलमा प्रवेश गरेका हुन् ।
थापाले एक ट्विट गर्दै भारतीय खेलाडीहरूलाई पराजित गर्दै आफूले वर्ल्ड टेनिस मास्टर्स एम टी २०० प्रतियोगिताको फाइनल यात्रा तय गरेको जनाएका छन् ।
थापासँगै भारतका अर्का खेलाडी झ्याम्पा धोण्डुप पनि फाइनलमा प्रवेश गरेका छन् । अब दुईबीच फाइनलमा प्रतिस्पर्धा हुनेछ ।
त्यसैगरी, भेट्रान्स सिङ्गल तर्फ पनि थापा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया